२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

महाकाली अस्पतालको आयोजनामा स्क्रिनिङ क्याम्प

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्थित बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रिनिङ क्याम्प आयोजना गरिएको छ । महाकाली प्रादेशिक अस्पतालको आयोजनामा शुक्रबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित स्क्रिनिङ क्याम्पमा महिलाहरूको आङ खस्ने र पुरूषहरूको हाइड्रोसिलको परीक्षण गरिएको हो ।

बेलडाँडीमा आयोजित स्क्रिनिङ क्याम्पमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूको टोलीले महिलाहरूमा देखिने आङ खस्ने र पुरूषहरूमा देखिने हाइड्रोसिलका बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको छ । उक्त क्याम्पबाट छनौट भएका बिरामीहरु र संबन्धित अन्य बिरामीहरुका लागि महाकाली अस्पतालमा यही मंसिर २५ गतेदेखि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने छ । त्यस्तै, यही मंसिर २७ गतेका दिन कञ्चनपुरको माहाकाली नगरपालिकामा समेत स्क्रिनिङ क्याम्प सञ्चालन गरिने महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ९बोक्सर० ले बताए ।

महिलाहरुको पाठेघर वा योनिको माथिल्लो भागले ठाउँ छाडी तल सर्ने अथवा खस्ने समस्यालाई बोलीचालीको भाषामा आङ खस्नु भनिन्छ । सुत्केरी हुँदा पर्न सक्ने समस्या र त्यसपश्चात् यथेष्ट आराम नगरे, ग¥हुँगो काम वा भारी उठाउन थाले, यथेष्ट जन्मान्तर नराखे, लामो र कष्टपूर्ण व्यथा लागे आङ खस्ने समस्या देखा पर्न सक्छ । ग्रामीण क्षेत्रका थुप्रै महिलाहरुमा आङ खस्ने समस्या बढी देखिने गरेको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। सोमनाथ भण्डारीको भनाइ छ ।

त्यस्तै, पुरुषहरुको अण्डकोषमां पानी भरिएर सुन्निनु र अण्डाशय सामान्य भन्दा ठूलो देखिनुलाई हाइड्रोसिल भनिन्छ । तर अण्डकोष सुन्निने सबै कारणहरु हाइड्रोसिल होइनन् । अण्डकोष सुन्निनुका विभिन्न कारण मध्ये हाइड्रोसिल सबैभन्दा सामान्य कारण हो । पुरुषहरु ले कुनै न कुनै समयमा हाइड्रोसिलका कारण अण्डकोष सुन्निएको महसूस गरेका हुन सक्छन् । हाइड्रोसिल अन्य कारणले पनि हुनसक्ने महाकाली प्रादेशिक अस्पतालमा कार्यरत एम।डी, जि।पी डा। अर्जुन भट्टको भनाई छ ।

महाकाली प्रादेशिक अस्पतालले दिने सेवामा गरेको स्तरोन्नति सँगै ग्रामीण क्षेत्रका बिरामीहरुलाई लक्षित गरी सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविरले यहाँका नागरिकहरुले सहजै स्वास्थ्योपचार पाउने संकेत देखाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।