२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत

डोटी। जिल्ला प्रहरी कार्यांलय डोटीमा कार्यरत प्रहरी निरीक्षक सहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका किशोर फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरीलाई पुरस्कृत गरिएको हो ।

अभियुक्त मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिंह र दिनेश सुनारलाई पुरस्कृत गरिएको डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए । उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियुक्त भागेपनि प्रहरीको सक्रियताले पुनः पक्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए ।

राजेन्द्रले बझाङ मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेका थिए । उनको गत ७ असोजमा हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी उनको शव स्थानीय शिव मन्दिरभित्र फेला परेको थियो ।

हत्यापछि घटनामा संग्लनको तीव्र खोजि गरिएकोमा प्रहरीले बोहरालाई १३ असोजमा सार्वजनिक गरेको थियो ।त्यसअघि मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराएका थिए ।

कोरोना पुष्टि भएपछि डोटी अस्पतालको आइसोलेसनमा रहेका उनी गएराति १२ बजे भागेका थिए । फरारपछि खोजी तीव्र पारिएकोमा उनलाई आज बिहान ७ बजे सानागाउाबाट पक्राउ गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।