कोरोना सङ्क्रमणका कारण शुक्रबार ज्यान गुमाएका गोदावरी नगरपालिका–३ का ७६ वर्षीय वृद्ध महादेव जोशीको शव नेपाली सेनाले हिन्दू संस्कार अनुसार व्यवस्थापन गरेको छ ।



सेती अञ्चल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । नेपाली सेनाको तालिम प्राप्त टोलीबाट शव व्यवस्थापन भएको भवानी दल गण तेघरीले जानकारी दिएको छ । सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटेको टोलीले वृद्धाको शव जलाएर व्यवस्थापन गरेको हो । गोदावरी नगरपालिका–२ आर्यघाटमा शव व्यस्थापन गरिएको छ ।
मङ्सिर १४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मृतक व्यक्तिलाई स्वास प्रस्वास र मधुमेहको समस्या रहेको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ ।

























