गोकर्ण पाण्डे/गुल्मी- गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ ।



१२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन सकिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीदरवारमा ११ हजार ९०५ र धुर्कोटमा १० हजार ७७० जनाको विवरण संकलन गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल यो काममा ६० जना खटिएका छन् ।
यसमा व्यक्तिको नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना आदि समावेश हुन्छन् ।

























