असिम पौडेल/ कास्की- पोखरामा आज ट्रिपरले ठक्कर दिँदा २ जना घाइते भएका छन्। आज दिउँसो पोखरा -१० बुद्धचोक स्थित पैदलयात्रीलाई ना ३ ख ६४४५ नं को ट्रिपरले ठक्कर दिएको हो।



ठक्करबाट पोखरा-२६ बस्ने ७० वर्षीय रामकुमारी विक र वर्ष ६८ का राम बहादुर विक घाइते हुनुभएको छ ।
घाइते दुबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
Views: 99

























