दिपकराज भट्ट / डडेल्धुरा – सुदुर पश्चिम काे डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका वडा नम्बर ३ को वोगटा सतिगाउँ हुँदै रूपाल सडक जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख र स्थानीय सरकार भागेश्वर गाउँपालिकाको ४६ लाख गरिब करिब ८६ लाखको लागतमा रुपाल सडक जोेडिएको गाउँपालिका अध्यक्ष काैशिला भट्टले जानकारी दिनु भयाे । उपभोक्ता समिति मार्फत काम गरेकाे र याे सडक खण्ड तीन बर्षमा पूरा भएकाे छ । भागेश्वरकाे बिकट मानिने डडेल्धुराकाे रुपाल साबिक काे रुपाल गाबिस र भागेश्वर गा बि स लाई याे सडकले दुबै गाबिस जाेडेकाे छ । लामाे समयकाे प्रयास पछि याे प्रयास सफल भएकाे र स्थानिय खुसि भएकाे वडा अध्यक्ष राम बाहादुर शाहिले बताउनु भयाे ।
Views: 106




























