सुदूरपश्चिम प्रदेशका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९१ जनाको परीक्षण गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुला र बैतडीका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोशालामा १४ जना, अछामको कमल बजार प्रयोशालामा ११ जना र बझाङ अस्पतालको प्रयोगशालामा ४ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७२ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ६१ डिस्चार्ज भएका छन भने हाल सम्म ४० जना संक्रमितको मृत्यु भएको छ ।

























