धनगढी – कञ्चनपुरमा प्रहरीमाथि कुटपिट भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा सोमबार दुई जना प्रहरीमाथि कुटपिट भएको हो।



‘स्थानीय गणेश खत्रीमाथि कुटपिट भएको खबर पाएपछि बाबाथान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दानसिंह धामी र प्रहरी हल्दार रमेश राज भारती घटनास्थल पुगेका थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले भने, ‘खत्रीमाथि कुटपिट गर्नेहरुले प्रहरीमाथि पनि हातपात गरेका छन्।’
कुटपिट गर्ने १८ बर्षीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र २० बर्षीय राजेश सुनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए। पक्राउ परेका चारै युवकमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक थापाले बताए।
Views: 154

























