२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

तातोपानीले नुहाउने बानी छ ? ख्याल गर्नुहोस है

चिसो मौसम सुरु भएको छ । खासगरी कात्तिक देखि फागुनसम्मको समयमा अलि बढी चिसो महसुस बढी हुन्छ । अझ मंसिर, पुस र माघ महिनामा छ नुहाउन नै गाह्रो हुन्छ ।

चिसो मौसममा कसरी नुहाउने चिन्ताको विषय हुन्छ । त्यसमाथि जाडोयाममा लगाइने कपडाहरुले धेरै पसिना निकालेको हुन्छ । त्यसकारण पनि सकेसम्म नुहाउनै पर्ने अवस्था आउँछ । दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ ।

नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ । तपाईहामी मध्ये धेरैले चिसोमा तातोपानीको प्रयोग गर्ने गरेका छौँ । तर तातोपानीले कपाल नुहाउनु हुन्छ भने आजैबाट बानी त्याग्नुहोस । नत्र भने कपाल झर्ने टुक्रिने हुन्छ ।

अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन ।
नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ ।

चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ ।

नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।