२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कञ्चनपुरमा प्रहरीले १ लाख २० हजार बढीका अवैध सामान बरामद

कञ्चनपुरमा प्रहरीले १ लाख २० हजार बढीका अवैध सामान बरामद गरेको छ ।

कञ्चनपुर प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडी क्षेत्रमा बेवारिसे अवस्थामा फालिएको १ लाख २० हजार ७ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह र कञ्चनपुर प्रहरीको सङ्युक्त टोलीले सडक छेउबाट चिनि, स्टिलको थाल, सिल्भरको डेक्ची, कराई, तावा, लोटा, बोरीङको पाईप लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले बताएको छ ।

उक्त सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।