२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कैलालीमा प्रहरी हत्याको आरोपमा पक्राउ परेका ८ जना कारागार चलान

अत्तरिया – कैलालीमा प्रहरी हत्याको आरोपमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्याको आरोपमा पक्राउ परेका ८ जना पुर्पक्षका कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि आठै जना पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

हत्या अभियोगमा पक्राउ परेका धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना , रोहित राना , सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना ,२५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना पनि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

नियमित गस्तीमा खटिएका बेला गत कार्तिक १ गते अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए ।

त्यसपछि बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

यस्तै उक्त घटनाको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी भने धरौटी छुटेका भएका छन् । मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजिव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।