२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

विश्वमै एक मात्र प्रधानमन्त्री जाे टिकटक चलाउछन् !

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन्। पछिल्लो समय विश्‍वभर लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीको एकाउन्ट खोलिएको हो।

आइतबार बनाइएको उनको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ। प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट खोल्नेबारे छलफल भए पनि खोलेको जानकारी नभएको बताए।

‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियोु, उनले भने, ‘तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ।’

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ।

सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छु, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ। एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्।

उक्त भिडियो एक लाखले हेरिसकेका छन् भने १ सय ५२ कमेन्ट र ७ हजार बढी लाइक गरेका छन्। यसलाई एक सय बढीले सेयर पनि गरेका छन्।

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्। टिकटक पछिल्लो पुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडया सामाजिक सञ्‍जाल हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।