गोकर्ण पाण्डे / गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अब उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य भएको बताउनुभएको छ ।



मन्त्री ज्ञवालीले सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलन्यास गर्नुहुँदै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको हो ।
नागरिकहरुको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको भन्दै देशका ३९६ वटा अस्पतालहरुको एकै साथ शिलान्यास गर्नुले पनि यसको प्रमाणित गरेको उहाँले बताउनुभयो ।
Views: 118


















