२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

विराट कोहलीले सचिन तेन्दुलकरको रेकर्ड तोडे

काठमाडाैं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले विश्वकै चर्चित पूर्वभारतीय खेलाडी सचिन तेन्दुल्करको नाममा रहेको एक रेकर्ड तोडेका छन्। 

अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलको दौरान सबैभन्दा छिटो २२ हजार अन्तराष्ट्रिय रन बनाउन सफल भएका छन्। तेन्दुलकरको नाममा रहेको यो रेकर्ड कोहलीले अस्ट्रेलियास्थित सिड्नी क्रिकेट ग्राउन्डमा पूरा गरेका हुन्। 

कोहलीले यो आँकडासम्म पुग्न ४ सय ६२ पारी खेलेका छन्। तेन्दुलकरले भने यो आँकडामा पुग्न २ सय ४ सय ९३ पारी खेलेका थिए। तेन्दुल्करले ४ सय १८ अन्तर्राष्ट्रिय खेलमा २१ हजार रनको आँकडा पार गरेका थिए।

यति मात्र होइन आइतबार अस्ट्रेलियाविरुद्ध एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा कोहलीले पूर्वभारतीय ब्याट्सम्यान मोहम्मद अजहरुद्दिनलाई पनि पछि पारेका छन्। 

जसले एकदिवसीय क्रिकेटमा कप्तानको रूपमा सबैभन्दा बढी रन बनाएका थिए। कोहलीले कप्तानीको भूमिकामा खेलेका ९१ औं अन्तर्राष्ट्रिय खेलमा अजहरुद्दिनलाई पछि पारेका हुन्। कोहलीले यसअघि ९० औं खेलको ८६ औं पारीमा ५ हजार १ सय ६८ रन बनाएका थिए। जसमा अजहरुद्दिन ७५ रनले पछि परेका हुन्। 

भारतीय कप्तानको भूमिकामा रहेका कोहली सफल मानिन्छन्। उनले हालसम्म कप्तानको रुपमा हालसम्म २१ शतक बनाइसकेका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।