२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सुदूरपश्चिममा आज ३२ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९८ जनाको परीक्षण गर्दा थप २४ जनामा कोराना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ११ महिला र १३ पुरुष रहेका छन । अस्पतालका सूचना  श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ । उनका अनुसार धनगढीको वडा नम्बर २ का २ जना र वडा नम्बर १, ४, ५ र ७ का १/१ जना  रहेका छन ।

त्यस्तै कैलाली कै स्थानिय तह नखुलेका १ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिका १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बझाङको मष्टा गाउपालिकाका, जयपृथ्वि नगरपालिका र दार्चुलाको महाकाली नगरपालिका १÷१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशाला र अछामको कमल बजार प्रयोगशालामा ४÷४ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ९ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ४ सय ६० डिस्चार्ज भएका छन भने हाल सम्म ३८ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।