२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

कैलालीमा दुई अस्पताल शिलान्यासः सिसहनियाँमा १५ शय्याको बन्ने

कैलाली- कैलालीमा दुई स्वास्थ्य भवन शिलान्यास गरिएको छ ।  घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगङ्गा र लम्कीचुहा नगरपालिका तथा महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको जनाई मङ्गलबार शिलान्यास गरिने बताइएको छ । 
    अघिल्ला चार स्थानीय तहमा १५ – १५ शय्या र महुन्यालमा १० शय्याको अस्पताल निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सङ्घीय सांसद गौरीशङ्कर चौधरीले अस्पतालको शिलान्यास गरेको बताउँदै समयअघि नै अस्पतालको काम सम्पन्न हुने गरी काम गरिने दृढता व्यक्त गर्नुभयो  । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले पनि गाउँपालिकामा १५ सैयाको अस्पतालको शिलान्यास भएको बताउनुभएको छ ।

लम्कीचुहाका प्रमुख महादेव बजगाईँले मङ्गलार स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गर्ने जानकारी दिनुभयो ।  गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाका अनुसार मङ्गलबार स्वास्थ्य राज्यमन्त्री रावतले अस्पताल शिलान्यास गर्नुहुने छ ।

महुन्याल गाउँपालिकामा भने अध्यक्ष नवलबहादुर रावल कोरोना सङ्क्रमित भएर उपचाररत रहेकाले अस्पताल शिलान्यास गर्न समय लाग्ने भएको छ । अध्यक्ष रावलले आफू कोरोना सङ्क्रमित भई टीकापुरमा उपचार गराइरहेको बताउँदै अस्पतालको शिलान्यासका लागि केही तयारी गर्न बाँकी रहेकाले समय लाग्न सक्ने जनाउनुभयो ।

जिल्लाका धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र  गोदावरी नगरपालिकामा पुरानै अस्पताल छन् ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख गुणराज अवस्थीले बाँकी स्थानीय तहमा अर्को वर्ष अस्पताल निर्माणको काम हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा १५ शय्याका २३ र १० शय्याका ३१ अस्पताल निर्माण गरिने छन् ।  प्रदेशका १३ स्थानीय तहमा अहिले पनि अस्पताल सञ्चालित छन् । 

देउखुरी– राप्ती गाउँपालिकाको सिसहनियाँमा आज १५ शय्याको अस्पताल निर्माणका लागि भवन शिलान्यास भएको छ । सिसहनियाँ स्वास्थ्यचौकी नजीकै सार्वजनिक जग्गामा आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो ।  

    हाल स्थानीय नागरिकको सहयोग तथा सरोकार पक्षको सहयोगमा अस्पताल भवनका लागि आवश्यक पर्ने करीब १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाका लागि  पहल गरिने वडा नम्बर ५ का वडाध्यक्ष गोवद्र्धन रावतले जानकारी दिनुभयो ।  

    अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । अस्पताल भवन निर्माणका लागि सरकारले सम्बन्धित स्थानीय पालिकालाई आंशिक बजेटसमेत पठाइसकेको छ ।  तत्काल भवनको अनुमानित लागत, डिपिआर तथा माटो परीक्षणको काम अघि बढाइने गाउँपालिकाका इञ्जिनीयर अशोक बेल्बासेले बताउनुभयो ।   

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ श्ययाको अस्पताल हुनेमा राप्ती गाउँपालिकाको सिसहनिया स्वास्थ्यचौकी, पश्चिम दाङको दङ्गीशरणमा श्रीगाउँ स्वास्थ्यचौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्यचौकी, शान्तिनगरको बाघमारे स्वास्थ्यचौकी र बङ्गलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्यचौकी छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।