२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

एकै आर्थिक वर्षमा एचआइभीका १५२ जना नयाँ बिरामी फेला

कैलाली- कैलालीमा गरिएको परीक्षणमा एकै आर्थिक वर्षमा १५२ जना एचआइभी एड्सका नयाँ बिरामी फेला परेका छन् । 

गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन् । 

संक्रमण पुष्टि भएका उनीहरु विभिन्न जिल्लाका रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेल्धुराका दुई÷दुई, दार्चुला र भारतका एक÷एक जना रहेका छन् ।

यसैबीच, प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको ज्यान गएको छ । कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन । जसमध्ये छ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ सङ्क्रमित थिए ।

मृत्यु हुनेमा बाँकी पहिल्यै एचआइभी पुष्टि भएका विरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । डिसेम्बर १ तारेखका दिन मनाइने विश्व एड्स दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने सो कार्यालयले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।