२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बलात्कार प्रकरणमा संलग्न रहेको भन्दै वडा अध्यक्षलाई पक्राउ

बैतडीको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी (रिता) नाम परिवर्तित बलात्कार प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ । प्रहरीले सिगास गाउँपालिका–३ का वडा अध्यक्ष शेरसिंह साउदसहित थप चार जनालाई पक्राउ गरेको हो ।

वडाअध्यक्षसहित सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसअघि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो ।

उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए । बलात्कार घटनाका मुख्य आरोपित दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।