कञ्चनपुर- प्रहरीले नक्कली नेपाली नोट बनाउने कारखानामा छापा हानेर नक्कली नोट बनाउन प्रयोग हुने उपकरण सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुवाशनगर बरेली भारत घर भएका अनुप शर्मा रहेका छन।



महेन्द्रनगर बजारको गल्ली नम्बर ३ मा सिलाई कटाइको काम गर्ने शर्मालाई जानकी टोलबाट पक्राउ गरेको हो । स्थानीय राम बहादुर खातीको घरमा डेरा गरि बस्ने उनलाई एक हजार दरका दुुइवटा नक्कली नोट सहित ल्यापटप एक थान, नक्कली नोट छाप्ने प्रिन्टर एक थान, नक्कली नोट बनाउनका लागी काटिएका ५० थान फोटो कपी पेपर लगाएतका समाग्री सहित उनलाई आइतबार साझँ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले शुक्रबार साझँ नक्कली नोट सहित पक्राउ परेका दिपक नाथको बयानका आधारमा उनलाई पक्राउ गरि थप अनुसान्धान भइरहेको जानकारी दिए।
Views: 137

























