डडेल्धुरा – प्रशिद्ध उग्रतारा मेला देहिजाँत लाई लक्षित गरि डडेल्धुरामा दुई दिन सवारीका साधन सञ्चालनमा रोक लगाईएको छ । यस बर्ष देहिजाँत आईतबार राती र सोमबार दिउसो परेको छ । कोभिड–१९ का कारण यस बर्ष भगवती माताको मन्दिर उग्रतारामा नित्यपुजा बाहेक मेला भर्न रोक लगाईएको छ ।



यसै दिन यहाँको अर्काे प्रशिद्ध भागेश्वर जाँत पनि परेको छ । मेला लाई लक्षित गरी आईतबार र सोमबार गरि दुई दिन सवारीका साधन सञ्चालनमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनायो ।
टाढाका सवारी साधन भने सञ्चालनमा आउने छन । मेला भर्न मन्दिरमा कसैलाई पनि प्रवेश दिईने छैन । यहाँका सात वटै स्थानिय तहमा सञ्चालन हुने सवारीका साधनहरु दुई दिन सञ्चालन नर्गन यातायात व्यवसायी लाई आग्रह गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।
डडेल्धुरा भएर ओहोर दोहर गर्ने सवारीका साधनहरु लाई भने रोक लगाईएको छैन । उनले भने, तर मन्दिर प्रवेश गर्ने यात्रु भने ओसार पोसार गर्न पाईने छैन । डडेल्धुरा क्षेत्रमा यात्रु झार्न पाईने छैन । अतिआवश्यिकय कामका लागी मोटरसाईकल सञ्चालन गर्न पाईने छन ।
यहाँका देवि देवताका मन्दिरमा हुने जाँत लाई यस बर्ष नित्यपुजामा सिमित राख्न सर्वपछिय बैठकले यस अघि नै निर्णय गरिसकेको थियो । मन्दिर क्षेत्र विकास समितीहरुले पनि जाँत पर्व लाई नित्यपुजामा सिमित राख्ने निर्णहरु गरेका छन । तर पनि जाँतमा स्थानियहरुको उपस्थिती रहने नै गरेको छ । विगत वर्षहरु जस्तो जाँतपर्वकै लागी तराई लगायत टाढा टाढा बाट आउनेहरुको चाप भने निकै घटेको छ ।
बैतडीको दशरथचन्द नगरपालिकाले पनि शनिबार देखि १० दिनका लागी नगर क्षेत्रमा लकडाउन गरेको छ । कारोना भाईरस संक्रमितको संख्या बढ्र्द गएको भन्दै नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गरेको हो ।
लिपुलेक खबर बाट

























