२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

डडेल्धुरामा थप एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आइसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ८५ वर्षीया वृद्धाको आइतबार बिहान निधन भएको हो ।

निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी ती वृद्धामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि नवदुर्गा गाउँपालिकाका र परशुराम नगरपालिकाका एक–एक पुरुषको कोरोनाका कारण ज्यान गएको थियो।
युनिटि खबर बाट साभार गरिएकाे

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।