असिम पौडेल / कास्की- कोरोनाबाट पोखरामा थप २ जनाको मूत्यु भएको छ। स्वास्थ्य निदेशनालय गण्डकीका अनुसार संक्रमण पुष्टि भएका २ पुरूषको भएको हो।
मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो संगै मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा ११ का ६० वर्षीय पुरुषको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोनाबाट मुत्यु हुनेको संख्या १५४ पुगेको छ।



Views: 236

























