धनगढी। कैलालीको घोडाघोडी नगरपालिकाको आइसोलेशनमा एक महिलाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ११ को आइसोलेशनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार मृतक महिलाका दुवै किडनी फेल भएकाले भारतबाट घर ल्याइएको थियो । भारतको अस्पतालमा उपचार सम्भव नभएको भनेपछि ती महिलालाई घर ल्याईएको बुझिएको प्रहरी निरीक्षक रोकायाले बताए ।
ती महिला केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी थिइन । । उनको स्थायी घर बझाङ रहेको प्रहरी निरीक्षक रोकायाले बताए । कोराना परिक्षणका लागि मृतकको स्वाब संकलन गरी परीक्षण गरिने छ ।
Views: 173

























