२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

गुल्मी अग्लुङ्गमा पहिलो पटक बस पुग्दा ,स्थानिय हर्षित

अनिल खत्री/गुल्मी- गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ०१ अग्लुङ्ग वडा कार्यालयमा पहिलो पटक बस पुगेको छ। मंसिर १२ गते प्युठानको बिजुवार जुम्रीबाट गुल्मीको अग्लुङ्ग वडा कार्यालयमा बस पुगेको हो ।

पहिलो पटक बस निरन्तर सन्चालन हुने गरि पुग्दा अग्लुङ्ग वडा अध्यक्ष प्रेम चन्द ,अग्लुङ्ग नेपाली काङ्ग्रेस सभापती तथा अन्य समाजसेबीको उपस्थितिमा चालकलाई भब्य स्वागत गरेका हुन।बस संचालन गर्न बाटो अलि फराकिलो चाहिने भएकोले ढिला बस सन्चालन भएको वडा अध्यक्ष प्रेम चन्दले बताए।

बाटो मर्मत कार्य सुरु भैसकेको र केही समय बाटै दैनिकी बिहान ७:०० बजे अग्लुङ्ग देखि बिजुवार र सोही समयमै बिजुवार देखि अग्लुङ्गको लागि बस छुट्ने भएको हो। घरबाटै बिजुवार जान आउन कुनै सबारी साधनको समस्या नपर्ने भएकोले स्थानिय खुशी समेत भएका छन्।

चन्द भन्नू हुन्छ अब केही समय मात्र बाकी छ मेरो कार्यकाल सकिन यो समयमा रहेर अग्लुङ्गको लागि धेरै बिकास गरिसके र अझ धेरै बिकासको काम सम्पन्न गर्न बाकी रहेको बताउनु भएको छ।अब अग्लुङ्गलाई यातायातको सुविधा मात्र होइन खानेपानी,स्वास्थ्य विद्धुतको कुनै समस्या नरहने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।