गोकर्ण पाण्डे/गुल्मी- सिद्धार्थ राजमार्ग पुन बन्द हुने भएकाे छ । सडक कालाेपत्रे गर्नका लागि पुन सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । कार्यालयका अनुसार २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म दैनिक चार घण्टा बन्द हुनेछ ।



सिद्धार्थ राजमार्गकाे झुम्सा-दाेभान सडकखण्डमा कालाेपत्रे गर्न सडक बन्द गर्न लागिएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे हाे । उता यात्रुले भने सिद्धार्थ राजमार्ग पटक-पटक बन्द हुँदा सास्ती बेहाेर्नु परेकाे गुनासाे गर्दै आएका छन् ।
सडक मर्मतकाे नाममा कहिले कुन स्थानमा त कहिले कुन स्थानमा सडक बन्द गरेर काम गर्दा सडकमा यात्रा गर्ने यात्रुले सास्ती बेहाेर्दै आएपछि गुनासाे बढेकाे हाे ।

Views: 215

























