२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

प्रचण्डलाई ओलीको जवाफ- दिक्क लागे राजनीति छाड्न र विश्राम लिन पाइन्छ

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको जवाफी प्रस्ताव पेश गरेका छन्। 

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको खण्डन गर्दै ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेश गरेका हुन्।

ओलीले दिक्क लागे राजनीतिक छाड्न र विश्राम लिन पनि पाइने बताएका छन्। प्रचण्डलाई प्रश्न गर्दै ओलीले भनेका छन्,‘‘भत्काउने– बनाउने–फेरि भत्काउने’ यस्तो विषयलाई तपाईं गर्वको विषय बताउनुहुन्छ। अझ थप, दिक्कलाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ। विश्राम लिन पनि पाइन्छ।’ 

ओलीले लोकतन्त्रमा पारदर्शिता र नैतिकता ठूलो विषय भएको पनि बताएका छन्। ‘युद्धका बेला काम लागेका विधिहरू शान्तिपूर्ण, लोकतान्त्रिक र खुला समाजमा सधैंभरि काम लाग्दैनन्,’ ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्,‘तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई ‘सहमति’ को आवरणमा गर्नु भएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो।’

ओलीले राजनीतिमा सहमत र असहमत दुवै हुन पाइने पनि उल्लेख गरेका छन्।  

‘राजनीतिमा सहमतहुन पाइन्छ, असहमत हुन पनि पाइन्छ। भएको पार्टी विघटन गर्न र नयाँ पार्टी बनाउन पनि पाइन्छ। भएकै कुनै पार्टीमा जोडिन पाइन्छ। तपाईं आफैँ यस्ता कुरालाई स्वाभाविक र आफ्नो नियमित अभ्यास भन्ने गर्नुहुन्छ’,ओलीले भनेका छन्,‘ प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्,‘कमरेड प्रचण्ड, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’ 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।