असिम पौडेल/कास्की- पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।



पोखरा महानगरपालिका वडा नम्बर ७ की ७६ वर्षीय कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान ७:३० बजेको समयमा मूत्यु भएको हो । उनलाई मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १४७ पुगेको छ ।
Views: 130

























