२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

सुदूरपश्चिमका थप ३५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९० जनाको परीक्षण गर्दा थप ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ३ जना, वडा नम्बर ४ का १ जना, लम्कीचुहा नगरपालिका वडा नम्बर २ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ठेगना नखुलेका कैलालीकै १ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ र अजयमेरु गाउँपालिका ४ का १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

उता डोटीमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २९ नमुना परिक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढीका एक पुरुष रहेको अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताउनु भयो ।

यस्तै डडेल्धुरा अस्पतालमा १६ र अछामको कमल बजार प्रयोगशालामा ९ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार २७ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार १ सय ६६ जना डिस्चार्ज भएका छन भने हाल सम्म ३६ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।