धनगढी । कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ ।



जिल्लाको घोडाघोडी नगरपालिका–५ बस्ने ६७ वर्षीय बुधराम डगौरा चौधरीको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको कारागार प्रमुख मान सिंह खडकाले जानकारी दिए ।
२०७३ असार ८ गते देखि थुनामा रहेका उनी लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रसित थिए । मृतकको शव पोस्टमार्टम लागी अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
Views: 160

























