२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि लकडाउन

बैतडीको दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए । 

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ । 

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षा बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, बिवाहमा १० जना मात्रै सहभागी हुन दिने लगायतका निर्णय गरेको छ । 

यस्तै धार्मिक स्थल तथा मन्दिरमा नित्यपूजा बाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णय समेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ ।

कसैले अत्यावश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको वडा अध्यक्ष भट्टले जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।