२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

गुल्मीमा जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

गोकर्ण पाण्डे/गुल्मी:-गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर-४ को हुलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु् भएको हो ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेहरु इस्मा गाउँपालिका-४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका-५ का ८० वर्षीय थापा र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापा रहेका छन् ।
दुर्घटनामा इस्मा गाउँपालिका-४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।