काठमाडौं । देशका विभिन्न भू–भागमा शुक्रबार ९आज० पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । यस्तै आज राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबीच, आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २०–२२ डिग्री सेन्टिग्रेड रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज विहान साढे ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ८।६ डिग्री सेन्टिग्रेड रहेको थियो ।
यसअघि हिजो ९बिहीबार० काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।४ डिग्री सेन्टिग्रेड थियो भने दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेडको बीचमा रहेको थियो ।
विभागका अनुसार भोलि ९शनिबार० देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै बिहीबार देशभर मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउने विभागको भनाइ छ ।
तराईका भू–भागमा विस्तारै बिहानको समयमा वायुको पारदर्शितामा कमी आउने र त्यसले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

























