२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

कञ्‍चनपुर। सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।

आर्थिक वर्ष २०७६र७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार सोही अवधिमा ३०० व्यक्तिको खकारको नमूना सङ्कलन गरी जाँच गरिएको थियो।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यसरी बिरामी पत्ता लाग्दा लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएको बताएका छन्।

यसले समयमै उपचार प्राप्त गरी निको हुने र सङ्क्रमण नबढ्ने अवस्थीले बताए।

लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।