२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

भारतीय पेन्सनधारी नेपालीका लागि दार्चुलाका ३ नाका खुले

धनगढी, १२ मंसिर । भारतीय पेन्सनधारी नेपालीका लागि दार्चुलाका ३ नाका खुलेका छन। जिल्ला प्रशासन कार्यालयले सीमानाका बन्द हुँदा भारतीय पेन्सनधारीलाई समस्या भएकाले सहजीकरणका लागि स्थानीय तहहरुले गरेको अनुरोधका आधारमा भारतीय पक्षको सहमतीमा नाका खोलिएको जनाएको छ। 

बिहीबार प्रशासनले सूचना जारी गर्दै पेन्सन सुविधा बुझ्ने र बैँक खाता नविकरण गर्ने प्रयोजनका लागि मात्र नेपाल–भारत सीमाको लाली, जौलजिवी र खलंगा पुलघाँट नाका खुलाएको उल्लेख गरेको छ । 

तर नाका दुवै देशको सहमतीमा तय गरिएको कार्यतालिका अनुसार मात्र खुल्नेछ । खलंगा पुलघाँट नाका मंसिर ११ देखि १४ गतेसम्म बिहान १० देखि ११ र साँझ ४ देखि ५ बजेसम्म खुल्ने जारी सूचनामा उल्लेख गरिएको छ । 

यस्तै जौलजिवी नाका पनि सोही अनुसार खुल्नेछ भने लाली पुल नाका मंसिर ११ देखि १३ गते बिहान १० देखि ११ र साँझ ४ देखि ५ बजेसम्म खुल्नेछ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।