डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकाकाे मेला पर्व तथा जात्राहरु नगर्ने निर्णयलाई गिज्याउदै विभिन्न वडाहरुमा रहेका शक्तिपिठहरु कैलपाल जात,कलारी जात तथा बडाल जाँत भव्य रुपमा सम्पन्न भएका छन् ।



कोरोना महामारीका कारण गन्यापधुरा २ बडालमा लाग्ने प्रख्यात बडाल जाँत सहित अन्य वडामा लाग्ने मेला तथा जात्राहरु यस वर्ष नगर्ने कार्तिक २७ गते गन्यापधुरा गाउँ कार्य पालिकाले निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन गराउन पालिकाले सकेन ।
गाउँ पालिकाको कार्यापालिकामा मात्रै नभई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा पनि गन्यापधुरा गाउ पालिका अध्यक्ष नवल मल्ल सहित अन्य पालिकाका प्रमुखहरु सहितको बैठकले डडेल्धुराका शक्ति पिठहरुमा यस वर्ष मेला तथा जात्राहरु नगर्ने र नित्य पुजा मात्रै गर्ने निर्णय गरेको थियो।
त्यसो हुन सकेन गन्यापधुराका विभिन्न शक्तिपिठहरुमा मेला नगर्ने निर्णय गाउँपालिकाले गरेको थियो तर त्यो निर्णय कति कार्यान्वन भयो त ? सवै शक्ति पिठहरुमा मेला तथा जात्राहरु भै रहेका छन् तर जिल्ला प्रशासन कार्यालय भने सवै स्थानीय तहका प्रमुखहरुसंग भएको बैठकको निर्णय हेरेर ढुक्क भएर बसेको देखिन्छ ।
आफैले गरेका निर्णयहरु कार्यान्वयन गराउन स्थानीय निकाय र डडेल्धुराको प्रशासन किन लाचार भै रहेको छ । यदि कार्यान्वयन गराउन सकिदैन भने सस्तो लोकप्रियको लागि किन निर्णय गरिन्छ।
याे हेराै भिडियो –



























