२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

युवा सरोकार अभियान अछामको आयोजनामा “beach” भलिबल प्रतियोगिताको  सम्पन्न

युवा सरोकार अभियान नेपाल जिल्ला समिति अछामको आयोजनामा अछामको मंगलसेन नगरपालिका-१४ र बन्निगढी जैगढ गाउँपालिका-६ को सिमाना पुल बजारमा यही मिति मंसिर ०८ बाट सञ्चालन भएको ( beach ) भलिबल प्रतियोगिताको बिहिवार  सम्पन्न गरिएको छ ।

यो खेलमा प्रत्येक टिममा दुई जना खेलाडीको सहभागितामा बालुवामा खेलाईन्छ । यो खेल समुद्री क्षेत्र को किनारा हरुमा खेलाईने खेल हो नेपालमा विरलै मात्र यस्तो खेल प्रतियगिता हुने गर्दछ ।

यस प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो र उक्त प्रतियोगिताको प्रथम पुरस्कार २५००० /- दिर्तीय १५०००/- र तृतीय १०००० /- राखिएको थियो ।

यस प्रतियोगिताको उदघाटन समारोहको अध्यक्षता युवा सरोकार अभियान नेपाल अछाम का संयोजक कमल परियारले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिबंधित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख तथा जिल्ला सचिवालय सदस्य निरक शाहीले गरेका थिए ।

अतिथिमा वैज्ञानिक समाबादी कम्युनिष्ट पार्टीका सुप प्रदेश संयोजक पुष्प भण्डारी र अर्का अथिती समाजवादी राष्ट्रिय मञ्च नेपालका केन्द्रिय सदस्य अशोक भण्डारी रहेका थिए ।

यस प्रतयोगितामा प्रथम स्थान पञचदेवल विनायक , द्वतिय स्थान मेल्लेख र तृतीय स्थान नन्दामाता दर्ना को टीम आएको छ !

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।