सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ११ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर ३ र ५ का २र२ जना, वडा नम्बर ४ र १३ का १र१ जनामा संक्रमण देखिएको छ ।
कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेल्डाँडी गाउँपालिकाका ४ जना, बझाङको सुर्मा गाउँपालिकाका १ जना र बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै उता बझाङ अस्पतालको प्रयोगशालामा २५ जना, डडेल्धुरा अस्पतालको प्रयोगशाला ५ जना र अछामको कमल बजार प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ९ सय ९२ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार १ सय ५३ जना डिस्चार्ज भएका छन भने हाल सम्म ३६ जना संक्रमितको मृत्यु भएको छ ।

























