डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका अन्तरगर्तका सबै सामुदायिक तथा निजि विद्यालय मंसिर १४ गते आईतबार बाट सञ्चालन गर्न सकिने भनेको छ ।
कोरोना महामारीका कारण बिगत आठ महिना देखी बिद्यालय बन्द रहेका छन् । कोभिड–१९ को जोखिमका बिच बन्द रहेका अमरगढी नगरपालिका अन्तरगर्तका सबै सामुदायिक तथा निजि विद्यालय मंसिर १४ गतेबाट खोल्न सकिने गरी नगरपालिकाले सुचना जारी गरेको छ ।



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।
नगरपालिकाले विद्यालय सञ्चालन भिड कम हुने गरी सिफ्टमा कक्षा सञ्चालन ,माक्स तथा सेनिटाईनरको प्रयोग र दुरी कायम गरी कक्षा सञचालन गर्न आग्रह गरको छ ।

Views: 125

























