२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

नेवि संघ कैलाली क्षेत्र नम्बर ४ काे घरदैलो अभियान संगै राहत वितरण

कैलाली – नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ) कैलाली क्षेत्र नम्बर – ४ ले घरदैलो अभियान संगै राहत वितरण गरेको छ । बिहिबार नेविसंघले गोदावरी नगरपालिका – १२ मा गरेको घरदैलो अभियानमा बालबालिकालाई रातह वितरण गरेको हो ।

राहत वितरण अन्तरगत वडाका चाप, सीम र सल्लीका ४० जना बिद्यार्थिलाई कपि, कलम संगै न्यानो लुगा वितरण गरिएको अभियान्ता पदमराज ओझाले बताए । उनले ‘समस्या उपाय र समाधान, नेविसंघको घरदैलो अभियान’ अन्तगरगत गोदावरी नगरपालिकाकै विकट बस्तीमा गएर बालबालिकालाई सहयोग गरेको बताए । उनले भने ‘हामीले बिकट बस्तिमा पुगरे घरदैलो अभियान चलाएका छौ, तर अभियानका क्रममा अढी आवश्यकता देखिएको क्षेत्रमा राहत पनि वितरण गर्ने गरेका छौ ।’ उनले घरदैलोलाई भेटघाटमा मात्रै सिमित नराखि राहत पनि वितरण गर्ने अभियानका रुपमा अगाडी बढाएको बताए ।
नेविसंघ कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति गणेश शाहले सभापतित्वमा भएको राहत वितरण कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नम्बर १२ का कार्यबाहक वडा अध्यक्ष बाली साउँद रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका– २ का वडा सदस्य कमल कडायत, नेल्टा कैलालीका अध्यक्ष हंन्स बुढा, युवा नेता कैलाश बिक, बिक्रम बिक, प्रकाश रोकाया लगायतको सहभागिता रहेको थियो । राहत वितरण कार्यक्रमको संयोजन नेविसंघका नेता दिल बहादुर बुढाथोकिले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।