जय बहादुर ऐर /कञ्चनपुर – नेपाली कांग्रेस कंचनपुर प्रशिक्षण शाखाले कंचनपुर जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेकाेछ ।



विहिवार शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण गरेकाे हाे।जिल्ला प्रशिक्षण शाखाकाे निणय अनुशारनैदुवै नगरपालिकाकाे पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकाे नेपाली कांग्रेस शुक्लाफाँटाका नगर सभापति जय वहादुर विष्टले जानकारि दिएकाछन्।सयअघि महाँकालि, भिमदत्त र वेतकाेट नगरपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भईसकेकाे उनले जनाए।
बिहिवार नेपाली कांग्रेस प्रशिक्षण शाखाका संयाेजक बन्धु रानाकाे अध्यक्षतामा नेपाली कांग्रेस कंचनपुरका पार्टी सभापति हरि प्रसाद वाेहराकाे प्रमुख आथित्यतामा प्रशिक्षण कार्यक्रममा जिल्ला सचिव दिवाकर पाण्डेय,काेषाध्यक्ष शंकर चन्द,पुर्व सचिव भाेजराज वाेहरा,क्षेत्रनं२का क्षेत्रिय सभापति दल वहादुर वाेहरा,प्रदेश क सभापति पुरन खड्का प्रदेश ख सभापति करन सिंह ऐर,महाँसमिति सदस्य नवराज जाेशि,लाल बहादुर सिंह लगायत पार्टीका नेता तथा कार्यकर्ता को उपस्थिति रहेकाे थियो।
प्रशिक्षण कार्यक्रममा सहजिकरण कृष्ण प्रसाद पाठक,नारायण दत्त भट्ट,उदवराज भट्ट र कृष्ण सिंह देउवाले प्रशिक्षण दिएकाहुन्।प्रशिक्षणकाे क्रममा पार्टीको सदस्यता तथा कृयासिल सदस्यता वितरणका विधि प्रक्रिया,संगठनकाे सुदृढीकरण,नेपाली कांग्रेसको अंगिकार गरेकाे सिद्धान्त,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध,पार्तिको संघर्सको ईतिहास उपलव्धि र बर्तमान अवस्थावारे कृयासिल सदस्यसंग छलफल गरिएको प्रशिक्षण शाखाले जनाएकाेछ।
प्रशिक्षण कार्यक्रममा वक्ताहरूले नेपाली कांग्रेसको समाजवादी कार्यक्रम अनुशार नागरिकको आधारभुत आवश्यकताकाे परिपुर्तिमा कांग्रेस अघिवढि रहेकावेला कम्युनिस्ट वाधकवने भने जनतालाई कम्युनिस्ट ले काेरा सपना वाडेर देशै लुटिरहेकाे उनले आरोप लगाए।
बर्तमान दुईतिहाईकाे सरकारले जनताकाे समस्या सामाधाा गर्नुको सट्टामा काेभिडकाे माहामारिकाे वेला कुर्सीको खेलमा लाग्नु मुलुक र जनताकालागि दुर्भाग्यपूर्ण रहेकाे वताईएकाेछ।ठुलाे संघर्स बलिदानिवाट ल्याएकाे गणतन्त्र रक्षाकालागि नेपाली कांग्रेसले एकढिक्का भएर अघि वढ्नुकाे विकल्प नभएकाे बताईएकाे छ।

























