२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

डडेल्धुराका विकट बस्तीमा खानेपानी पुग्यो

डडेल्धुरा: परशुराम नगरपालिका–३ का कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टा गाउँमा खानेपानी उपलब्ध भएको छ । विकट बस्तीका रुपमा रहेका ती गाउँका ११६ उपभोक्ताले अहिले खानेपानी सहज रुपमा उपभोग गर्न पाएका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत आर्थिक वर्षदेखि कालापातल, कालीढुङ्गी, आमथला, हल्द्वानी र सिमल्टामा खानेपानी आयोजना कार्यान्वयन गरेको थियो । आयोजनामार्फत छ किलोमिटरको दूरीमा रहेको कालापातल खोलाबाट चारवटै बस्तीसम्म खानेपानी पु¥याइएको हो ।

यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ३ करोड ४८ लाख बजेट खर्च भएको थियो । लकडाउन अवधिमा पाइप लाइन निर्माण सम्पन्न भई बस्तीसम्म खानेपानी पुगिसकेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर धामीले जानकारी दिए ।

मुहानदेखि बस्तीसम्म खानेपानी पु¥याउन निकै चुनौतीपूर्ण भए पनि शीर्षखोलामा रोपवे क्रसिङ गरेर खानेपानी बस्तीसम्म पु¥याउन सम्भव भएको कार्यालयका इञ्जिनीयर गोविन्द देवकोटाले बताए । अहोरात्र खटेर काम गरेकाले लक्ष्यभन्दा केही समयअघि नै योजना सम्पन्न हुने चरणमा पुगिसकेको उनले बताए ।

स्थानीय बासिन्दाले अहोरात्र श्रमदानसमेत गरेका थिए । खानेपानीको चरम अभाव झेलिरहेको अमरगढी नगरपालिका–१० राईगाउँमा समेत चालू आर्थिक वर्षमा खानेपानी पुगिसक्ने कार्यालयले जनाएको छ ।

नवदुर्गा गाउँपालिका–४ को दलित बस्तीमा समेत चालु आवमै खानेपानी योजना निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयका डिभिजन प्रमुख रवीन श्रेष्ठले जानकारी दिए ।रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।