२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कञ्चनपुरमा चट्ट्याङ लागेर ३ जना युवक घाइते

कञ्चनपुरको बेलौरीमा सोमबार राति परेको चट्ट्याङ लागेर ३ जना युवक घाइते भएका छन् ।

चट्ट्याङ लागेर घाइते हुनेहरुमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी करीब २३ वर्षीय लोकेन्द्र चन्द, २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

घर नजिकै रहेको राधा मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति ०८ः२५ बजे तिर चट्ट्याङ लाग्दा घाइते भएका तीनै जना मध्ये लोकेन्द्र चन्दको अवस्था गम्भीर रहेको र बाँकी दुवै जनाको कम्मर मुनीको भागमा बढी समस्या देखिएको प्रहरीले जनाएको छ ।

तीनै जनालाई थप उपचारका लागि कैलालीको धनगढी पठाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।