बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।



गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उनको बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए ।
Views: 128

























