२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड नाघेको छ।

वर्ल्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ६ करोड २ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन्। जसमध्ये १४ लाख १७ हजार ८ सय ४० जनाको मृत्यु भएको छ।

यस्तै हालसम्म ४ करोड १६ लाखभन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म १ करोड २९ लाख ५८ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ।

यस्तै अमेरिकापछि भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ। भारतमा अहिलेसम्म ९२ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने  १ लाख ३४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ।

यसैगरी ब्राजिलमा ६१ लाख २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।