२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १४० जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।