२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

रूसभन्दा एक कदम अघि चीन, ल्यायो कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी : चीनले स्वीकृति अघि नै कोरोनाविरुद्धको भ्याक्सिन आपतकालीन प्रयोगको अनुमति दिएको छ।

यो भ्याक्सिन चीनकै एक कम्पनीले बनाएको हो।  एक चिनियाँ अधिकारीका अनुसार भ्याक्सिन प्रयोगको अनुमति भ्याक्सिन म्यानेजमेन्ट कानुन अन्तर्गत दिइएको हो।

यस कानुन अनुसार स्वीकृति मिल्नु अघि नै भ्याक्सिन संक्रमणको उच्च जोखिमा रहेका मानिसलाई दिन सकिनेछ। समाचार अनुसार चीनमा जुलाईदेखि नै यो भ्याक्सिन मानिसलाई दिन थालिएको हो।

यसअघि रुसले आफ्नो भ्याक्सिन ‘स्पुतनिक-५’ को तेस्रो चरणको परीक्षण पूरा हुनुअघि नै दर्ता गराएको थियो। यति मात्रै होइन यो भ्याक्सिन विदेश निर्यातको तयारी पनि गरिसकेको छ।

चीनमा कोरोना भ्याक्सिन उत्पादन टास्क फोर्सका प्रमुख झेङ्ग झोङ्गवेले भने, भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिइएको छ। तर यसका लागि बचाउ योजना पनि तयारी अवस्थामा राखिएको छ। हामीले यसका लागि कयौँ वैकल्पिक योजना बनाएका छौं। यसमा चार महत्वपूर्ण कुरा समावेश छन्।’

पहिलो : सम्बन्धित व्यक्तिको अनुमति लिएर मात्रै यो भ्याक्सिन लगाइनेछ।

दोस्रो : साइड इफेक्ट रोक्न लगातार अनुगमन गरिनेछ।

तेस्रो : यदि साइड इफेक्ट भएमा कसरी सुरक्षित राख्‍ने भन्‍ने हामीसँग तयारी योजना छ।

चौथो : क्षतिपूर्ति योजना अन्तर्गत कुनै नोक्सान भएमा भरपाई गरिनेछ।

झोङ्गवेका अनुसार एक महिना अघि नै जुलाई  २२ का दिन आधिकारिकरुपमा कोभिड-१९ भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि लन्च गरिएको छ। यस क्रममा परीक्षण पनि जारी राखिएको थियो। जुन मानिसमा यो भ्याक्सिन हानिएको थियो उनीहरुमा यसको असरको थोरै संकेत मिलेको उनले बताए। तर कसैलाई पनि ज्वरो भने आएको थिएन। अब पेरू, मोरोक्को र अर्जेन्टिनामा परीक्षण भ्याक्सिन बनाउने चिनियाँ कम्पनी सिनोफार्मले बिहीबार र शुक्रवार ती देशसँग परीक्षण सम्झौतामा हस्ताक्षर गरेको छ। त्यस अनुसार सिनोफार्मको भ्याक्सिनको तेस्रो चरणको परीक्षण  पेरू, मोरोक्को र अर्जेन्टिनामा चाँडै सुरू गरिनेछ। झेङ्गका अनुसार अब आउने जाडोको महामारी रोक्ने योजना बनाइनेछ। भ्याक्सिन उपलब्ध गराउने दायरा पनि बढाइँदैछ। यो भ्याक्सिन खासगरी खाद्यान्‍न बजार र ढुवानीसँग जोडिनेहरुलाई लगाइनेछ। संघाईको इम्युनोलोजिस्ट ताओ लिनका अनुसार भ्याक्सिनको आपतकालीन प्रयोग जुन मानिसमा गरिँदैछ उनीहरुको संख्या हजारौंसम्म पुग्‍ने छ। कयौँ क्षेत्रमा भ्याक्सिनको डोज निशुल्क उपलब्ध गराइँदैछ। 

तर कति मानिसलाई भ्याक्सिन लगाइयो भन्‍ने एकीन विवरण दिइएको छैन। यसको एउटा कारण भनेको चीनले आफंनो सेनाको संख्या नखुलाउनाले हो। चीनले यो भ्याक्सिनको परीक्षण आफ्नो सेनामा पनि गरेको थियो।  चिनिया कम्पनीमा काम गरिरहेकी ऊ भन्छिन्, ‘७ अगस्टमा मलाई र मेरा सहयोगीलाई भ्याक्सिनको डोज निशुल्क लगाइदिएका थिए।

यसका कारण मसहित कसैमा पनि कुनै नराम्रो साइड इफेक्ट देखिएको छैन।’ ऊ का अनुसार जुन दिन भ्याक्सिन लगाइएको थियो त्यस दिन उनलाई हल्का चक्कर लागेको थियो। तर तत्कालै निको भइ गयो।

उनको छालामा कतै पनि बिमिरा, दाग या अन्य कुनै असर देखिएको थिएन। ज्वरो पनि आएन। अब अघिल्लो डोज २८ दिनपछि उनमा लगाइनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।