२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो – जो बाइडेन

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताउनुभएको छ । सत्ता सम्हाल्ने तयारीका लागि विभिन्न छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा गर्दै बाइडेनले आफ्नो समूहले अमेरिका र अमेरिकी नागरिकलाई सुरक्षित राख्दै विश्वको नेतृत्व गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्नुहुने छ ।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ । बाइडेनले आफ्नो समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बताउनुभयो ।

बाइडेनले डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा एभ्रिल हेन्सलाई मनोनयन गर्नुभएको छ । यदि अनुमोदन भएमा उहाँ डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा पहिलो महिला बन्नुहुने छ । यस्तै विदेशमन्त्रीको जिम्मेवारी टोनी ब्लिङ्केनलाई, होमल्यान्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस, अर्थमन्त्रीमा अर्थशास्त्री ज्यानेट येलेन मनोनयनमा परेका छन् ।

बाइडेनले जलवायु परिवर्तनको संकटसँग जुध्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गर्नुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।