२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

धनगढीमा मात्रै १८ प्रतिशत स्थानीय कोरोना संक्रमित

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार सम्म ३६ जना स्थानीय संक्रमित भेटिएका छन्।

सोमवार १२ जना स्थानीय संक्रमित थपिए संगै ट्राभल हिष्ट्री नभएका स्थानीय संक्रमितको संख्या ३६ पुगेको छ।

धनगढीमा जम्मा देखिएका संक्रमित मध्य १८ प्रतिशत स्थानीय संक्रमित देखिएका छन्।

धनगढी उप-महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सोमबार संक्रमण पुष्टि भएका १२ जनाको बाह्य ट्राभल हिस्ट्री नभेटिएको बताए।‘

सोमबार धनगढीका ३ वटा वडा गरि १३ जनामा संक्रमण पुष्टि भएको छ’ जनस्वास्थ्य निरिक्षक उपाध्यायले भने‘ ती मध्ये एकजना भारतको महाराष्ट्रबाट आएका व्यक्ति हुन भने बाँकी १२ जनाको ट्राभल हिस्ट्री भेटिएको छैन्।’

१२ जना मध्ये वडा नम्वर ४ का एकै परिवारका चार जना र वडा नम्वर ३ मा एकै परिवारका ५ सहित ६ जना रहेका छन्।

४ को संक्रमित परिवार शिक्षिकाको हो भने वडा नम्वर ३ को परिवार व्यापारीको हो। वडा नम्वर १ का तीन संक्रमित मध्ये एक शिक्षिका, एक स्टाफ नर्स र एक भारतबाट आएका पुरुष हुन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ३ का ६ जना र वडा नम्वर ४ का ४ जनामा संक्रमण देखिएको थियो।

योसँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ९५ पुगेको छ। धनगढीमा हाल सम्म ३६ जना स्थानीय संक्रमित देखिएका छन ति मध्य एक जनाको मृत्यु भइसकेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।