जनक महरा/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णपुर नगरपालिकाको आयोजना तथा भुमी सम्बन्धि समस्या सामाधान आयोगको सहजीकरण एवम व्यवस्थापनमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासिको व्यवस्थापन सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भुमी सम्बन्धि समस्या सामाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले प्रमुख अतिथिको मन्तव्यका क्रममा असार मसान्तसम्म सम्पुर्ण नाप नक्साको कामकाज सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।




उक्त कार्यक्रम नगर प्रमुख श्री कर्ण बहादुर हमालको अध्यक्षता, भुमी सम्बन्धि समस्या सामाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीको प्रमुख आतिथ्यता प्रतिनिधिसभा सदस्य माननिय नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा संसदीय दल प्रमुख सचेतक माननीय तारालामा तामाङ, सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय महेश दत्त जोशी , जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ, भुमी सम्बन्धि समस्या सामाधान आयोगका सदस्य सचिब लिला प्रसाद शर्मा, उपसचिव राजेन्द्र अर्यालको विशेष उपस्थितिमा भएको छ ।

कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभाका सदस्य सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम समापनका क्रममा नगर प्रमुख श्री कर्ण बहादुर हमालले आयोगको काममा मन, वचन र कर्मले नगरपालिकाले सम्पुर्ण शक्ति, आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्दै दिलो ज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

























