२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सुदूरपश्चिम प्रदेशका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार २५५ जनाको परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४र४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १/१ जनामा संक्रमण देखिएको छ ।

यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ ।  कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २/२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेल्धुराको परशुराम नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १५ जना संक्रमण पुष्टि भएको सामाजीक मन्त्रालयलले जनाएको छ । यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ८ सय १७ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ४७ जना डिस्चार्ज भएका छन भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।